‘रअ’ को प्रमुखमा रवि सिन्हा नियुक्त « Khabarhub

‘रअ’ को प्रमुखमा रवि सिन्हा नियुक्त


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार रअ प्रमुखमा सिन्हालाई नियुक्त गरेको हो ।

सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) छत्तीसगढ क्याडरका सिन्हा हाल क्याबिनेट सचिवालयको विशेष सचिवको रूपमा कार्यरत छन् ।

मन्त्रिपरिषद्को नियुक्ति समितिले सिन्हालाई दुई वर्षको कार्यकालका लागि रअ प्रमुखमा नियुक्तिलाई अनुमोदन गरेको हो । सामन्त गोयलको स्थानमा उनलाई नियुक्त गरिएको हो । ३० जुन २०२३ मा गोयलको कार्यकाल सकिँदै छ ।

सिन्हासँग पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरेको अनुभव छ । सिन्हा अहिलेका प्रमुख सामन्त गोयलपछि दोस्रो वरीयताका अधिकारी हुन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ४ : ०३ बजे

बाबुरामले भने- ७२ वर्षको भए सधैँ २७ वर्षको जस्तो अनुभूति भयो 

चितवन– पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सम्बोधन

रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनमा नेकपा एमालेका नेता

बाबुराम भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा बोल्न दिइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बाबुराम भट्टराईको विशेष प्रशंसा

रास्वपालाई वर्षमानको सुझाव : जनमत सधैँ अस्थायी हुन्छ, बहुमतको बलमा अहंकार नगर्नू

चितवन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

रास्वपालाई प्रदीप ज्ञवालीले भने : जनादेश पाउनु ठूलो कुरा होइन, त्यसको संरक्षण मुख्य हो

चितवन- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको भूमिका, विचारधारा