बाढी पहिरो पीडितको राहत तथा उद्धारमा सरकार गम्भीर बन्नुपर्छ : नेता महर « Khabarhub

बाढी पहिरो पीडितको राहत तथा उद्धारमा सरकार गम्भीर बन्नुपर्छ : नेता महर


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बाढी पहिरोबाट सङ्खुवासभाको तुम्लिङटार र ताप्लेजुङको सिदिङ्वा–५ मेहेलेमा ठूलो जनधनको क्षति भएको भन्दै राहत तथा उद्धारमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले असार सुरु भएसँगै बाढी पहिरोको जोखिम बढेको र त्यसको पूर्व तयारीमा सरकार गम्भीर नदेखिएको टिप्पणी गरे ।

‘शनिबार यता परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी संखुवासभामा एक जनाको मृत्यु र १८ जनाभन्दा बढी बेपत्ता भएका छन् । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना छ । सरकारले पीडितको उद्धार तथा राहतमा ध्यान देओस्’ उनले भने ।

शनिबार राति गएको बाढी पहिरोले ताप्लेजुङमा पनि एक जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको घटनाले सबैलाई दुःखी बनाएको उनको भनाइ छ ।

‘नेपाली कांग्रेस गठबन्धनको ठूलो दल हो । सरकारको सफलता र असफलतासँग कांग्रेसको पनि सफलता र असफलता जोडिन्छ । त्यसैले जनताको हितमा काम गर्न तदारुकता देखाउन म सरकारसँगै कांग्रेसका मन्त्रीहरूलाई पनि आग्रह गर्छु’ उनी भन्छन् ।

दैविक प्रकोपबाट हुने क्षति रोक्न कांग्रेसले केही गरिदेओस् भन्ने जनचाहना रहेको बताउँदै नेता महरले त्यसतर्फ कांग्रेस सचेत हुनुपर्ने बताए ।

दैविक विपत्ति कतिखेर आउँछ भन्ने थाहा नहुने भएकाले जनतालाई राहत प्रदान गर्नुका साथै उद्धारका लागि सरकार तयारी अवस्थामा रहनुपर्ने उनले औंल्याए । ठूलो धनजनको क्षति हुँदा पनि सरकारको राहत तथा उद्धार सं‌यन्त्र समयमै पुग्न नसक्ने अवस्था देखिन नहुने उनको भनाइ छ ।

‘अहिले त असार सुरुमात्रै भएको छ । पानी नै परेको छैन । सामान्य पानी पर्दा नै यत्रो विपत्ति आइसकेकाले यसबाट सरकारले पाठ सिकेर उच्च सतर्कता अपनाउनुपर्छ’ महरले भने । यसका साथै दैविक विपत्तिमा परेका परिवारलाई स्थानीय र प्रदेश सरकारले पनि उचित राहत प्रदान गर्नुपर्ने र कांग्रेस पार्टीको सम्पूर्ण तागत राहत उद्धार कार्यमा लगाउनसमेत उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ४ : ५७ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन