वामपन्थी एकता अपरिहार्य : खनाल « Khabarhub

वामपन्थी एकता अपरिहार्य : खनाल


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सबै वामपन्थी शक्ति एकताबद्ध भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन् ।

चार दलले समाजवादी मोर्चा घोषणा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने धारणा राखे ।

विगतमा भएका क्रान्तिले लिएका उद्देश्यअनुरूप प्रतिफल प्राप्त गर्न नसक्दा कम्युनिस्ट पार्टीहरू छताछुल्ल बनेको बताउँदै उनले समाजवाद ल्याउने उद्देश्यसहित क्रान्तिकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताए ।

सत्तालाई टिकाउन मात्रै मोर्चा बन्न नहुने बताउँदै उनले मोर्चा साँचो अर्थमा सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बन्नुपर्ने धारणा राखे ।

उनले देशमा अहिले पनि विगतमा कम्युनिस्ट आन्दोलनले उठाएका समस्याहरू कायम रहेको बताए ।

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ५ : ५७ बजे

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

त्रिपुरेश्वरमा बस र चालक जलेको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन