चिनियाँ कम्युनिष्ट पार्टीभित्र व्यापक भ्रष्टाचार हुने गरेको खुलासा « Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीभित्र व्यापक भ्रष्टाचार हुने गरेको खुलासा


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- एक पछि अर्को प्रकरण सार्वजनिक भइरहँदा चिनियाँ सत्ताको मध्यम तथा तल्लो तहमा व्यापक भ्रष्टाचार हुने गरेको देखिएको छ । चिनियाँ सत्ताको तल्लो तथा मध्यम तहका स्वास्थ्य, कानून कार्यान्वयन, शिक्षाजस्ता क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेको बताइन्छ ।

समाचारहरुमा जनाइएअनुसार सत्तारुढ कम्युनिष्ट पार्टीका धेरै नेता तथा पदाधिकारीले आफ्नो राजनीतिक शक्तिलाई निजी फाइदाका लागि दुरुपयोग गर्दै आएका छन् । सन् २०१२ यताका तथ्यांक हेर्दा मात्रै पनि हालसम्म करिब ३० लाख कम्युनिष्ट पार्टीका पदाधिकारी भ्रष्टाचारको प्रकरणमा संलग्न भएको पाइएको छ । उनीहरुमध्ये प्रान्तस्तरका पदाधिकारीहरु र मन्त्रालयस्तरका सयौँ पदाधिकारी पनि छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीहरु मुख्यगरी दुई किसिमले भ्रष्टाचारमा संलग्न हुने गरेको बताइन्छ । पहिलो, उनीहरुले सरकारी श्रोतबाट आएको पैसालाई आफ्नो निजी खर्चका लागि प्रयोग गर्ने र तथ्यांकमा भने वैध रुपमा खर्च गरिएको देखाउने गरेका छन् ।

अर्कोतर्फ, भ्रष्ट पदाधिकारीहरुले आफ्नो शासनाधिकार भएको क्षेत्रलाई नै ‘माफिया राज्य’ को रुपमा रुपान्तरण गर्ने गरेका छन् । यस्तो अवस्थामा कम्युनिष्ट पदाधिकारीले स्थानीय अपराधिक समूह, व्यापारिक घराना र अन्य अवैध गिरोहहरुसँग साँठगाँठ गर्ने गरेको बताइन्छ ।

हालै सार्वजनिक एक प्रकरणमा गुआङ्शी झुआङ स्वशासित क्षेत्रस्थित पिङ्गुवो नगरको पार्टी समितिका पूर्वसचिव लुओ चेङले अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको पाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले भ्रष्टाचारजन्य गतिविधिलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन’ को संज्ञा दिने गरेको छ । हाल उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

यसबाहेक हुनान प्रान्तको सियाङ्शी टुजिया र मियाओ स्वशासित प्रफेक्चरको स्थायी समितिका सदस्य लिउ जेन्यु पनि यस्तै प्रकरणमा मुछिएका छन् । त्यसैगरी, हुनान प्रान्तकै सियाङ्शी स्वशासित प्रफेक्चर समितिका पूर्वउपसचिव लोङ सिआओहुवा पनि यस्तै प्रकरणमा मुछिएका छन् ।

यसबाहेक पार्टी समितिका पुर्वसचिव दु सिआओझोउ, चीन डुङ्गा संघका पूर्वअध्यक्ष लिउ आईजिए, चिनियाँ एथ्लेटिक संघका अध्यक्ष यू होङचेन पनि यस्तै प्रकरणमा मुछिएका छन् ।

यस्ता भ्रष्टाचार प्रकरणले गर्दा चीनको आर्थिक एवम् राजनीतिक स्थीरतामा नै गम्भीर जोखिम उत्पन्न गरेको विश्लेषकहरु बताउँछन् । घुसखोरी, सार्वजनिक कोषको दुरुपयोग, चोरीजस्ता गतिविधिका कारण चीनको अर्थतन्त्रमा ३ प्रतिशतको नोक्सानी हुने गरेको बताइन्छ ।

त्यसबाहेक भ्रष्टाचारले चीनमा सत्तारुढ कम्युनिष्ट पार्टीको वैधानिकतामा नै प्रश्न उठ्ने र यसले चीनको आर्थिक असन्तुलनलाई थप बढावा दिने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ४१ बजे

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि

काठमाडौं– रास्वपा सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका

आर्थिक विधेयकबाट १७ पृष्ठ गायब, पटक–पटक संशोधन गरेका अर्थमन्त्रीमाथि होला अनुसन्धान ?

काठमाडौं- आर्थिक वर्ष (आ.व.) २०७९/८० को बजेट निर्माण प्रक्रियामा विवाद

‘डिजिटल रूपान्तरण, साइबर सुरक्षा प्रवर्द्धन र सहज सेवा प्रवाह सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर

स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग

काठमाडौं– राजस्व न्यायाधिकरण विराटनगर इजलासले स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको