नेपालको हवाई सुरक्षामा फ्रान्सले सहयोग गर्ने | Khabarhub Khabarhub

नेपालको हवाई सुरक्षामा फ्रान्सले सहयोग गर्ने


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –मुलुकको हवाई सुरक्षा प्रणाली अभिवृद्धि गर्ने उद्देश्यले नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणबीच समझदारी भएको छ ।

फ्रान्सको राजधानी पेरिसमा आज दुई मुलुकका हवाई उड्डयनका नियामक निकायबीच प्राविधिक र जनशक्ति व्यवस्थापन विकासका लागि चारवर्षे सम्झौता भएको हो ।

उक्त समझदारीपत्रमा नेपालका तर्फबाट क्यानका महानिर्देशक प्रदीप अधिकारी र डेमिन केजले हस्ताक्षर गर्नुभएको क्यानले जनाएको छ । समझदारीअनुसार प्राविधिक क्षमता अभिवृद्धि र तालिमलगायत हवाई सुरक्षा गुणस्तर अभिवृद्धिबारे कार्यक्रम सञ्चालन गरिने छ ।

यसले नेपालको हवाई सुरक्षा अभिवृद्धि हुने क्यानको विश्वास छ । नेपालको हवाई क्षेत्रमा उड्डयन सुरक्षा प्रणाली सुधारका साथै प्राविधिक दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १० : ०९ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा

काठमाडौं – तनावग्रस्त खेलमा रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

रामपुर– रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित

सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना

वाशिङ्टन – अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि थुप्रै सहयोगका

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

गुल्मी– विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका