समाजवादी मोर्चाका दलहरुको अस्तित्व संकटमा : एमाले सचिव भट्टराई « Khabarhub

समाजवादी मोर्चाका दलहरुको अस्तित्व संकटमा : एमाले सचिव भट्टराई


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरुको अस्तित्व संकटमा रहेको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले समाजवादी मोर्चा बनाएका माओवादी, जसपालगायत दलहरु अस्तित्वको संकटमा रहेको बताएका हुन् ।

कांग्रेस र एमालेसँग नमिल्ने हो भने माओवादी पाँच देखि आठ सिट र नेकपा समाजवादी शून्य सिटमा आउने अवस्था रहने उनले बताए ।

उनले समाजवादी मोर्चाको कुनै औचित्य नरहेको भन्दै संविधान बनाउने र संविधान च्यात्ने एकै ठाँउ रहेकाले धेरै दिन नटिक्ने तर्क गरे । भट्टराईले मोर्चा विगतको इतिहास बताएर गर्व गर्ने पौढहरुको क्लब भएको बताए ।

उनले समाजवादी मोर्चालाई नियालिरहेको भन्दै मोर्चाका कारण एमालेलाई कुनै दबाब नभएको उल्लेख गरे ।

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : १५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने