होन्डुरसको महिला कारागारमा झडप हुँदा ४१ जनाको मृत्यु   « Khabarhub

होन्डुरसको महिला कारागारमा झडप हुँदा ४१ जनाको मृत्यु  


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

तेगुसीगाल्पा– होन्डुरसको एक महिला कारागारमा मंगलबार भएको दङ्गामा कम्तीमा ४१ जना महिलाको मृत्यु भएको छ ।

अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

द गार्जियनका अनुसार होन्डुरसको सो जेलमा गिरोहहरूबीच भएको हिंसाका कारण कम्तिमा ४१ महिला कैदी बन्दीको मृत्यु भएको हो । जसमध्ये धेरैलाई जलाएर मारिएको छ ।

होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीका प्रवक्ता युरी मोराका अनुसार भिडन्तको क्रममा अधिकांश बन्दीहरूलाई जलाइएको थियो ।

तर, होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब ३० माईल उत्तरपश्चिममा रहेको तामाराको जेलमा कैदीहरूलाई गोली हानेको पनि रिपोर्टहरू रहेका छन्।

देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न अधिकारीहरूले हालै गरेको प्रयासका कारण दंगा सुरु भएको बताइन्। 

जसका कारण मंगलबार कारागारमा हिंसा भएको थियो । कारागारमा रहेका सङ्गठित गिरोहविरुद्ध कारबाही भइरहेको उनले बताइन् ।

उनले कारागारमा रहेका गिरोहले आफ्नो बृहत् नियन्त्रणको अभ्यास गरेको बताइन् । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : २१ बजे

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण