पोखरा विमानस्थलमा चिनियाँ जहाज अवतरण « Khabarhub

पोखरा विमानस्थलमा चिनियाँ जहाज अवतरण


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।

गत जनवरी १ बाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान बिहान ९ बजेर ६ मिनेटमा अवतरण गरेको हो । 

चार्टर्ड गरिएको सो विमान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली, चिनियाँ खेलाडीलगायत १३० जना बोकेर आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत गरेका थिए । 

पोखराको फेवातालमा यही असार ८ र ९ गते नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल हुँदैछ । सोही प्रतियोगितामा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर विमान पोखरामा अवतरण गरेको हो ।

सो विमान काठमाडौँ हुँदै आजै चीन फर्किनेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १० : ०६ बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले