समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढिरहेको छ : ओली « Khabarhub

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढिरहेको छ : ओली


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न एमाले अघि बढिरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले देश बनाउने एकमात्रै पार्टी एमाले भएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढिरहेको जिकिर गरे ।

 देशप्रति समर्पित पार्टी एमालेभित्र बेठिक मान्छे पनि हुन सक्ने भएपनि त्यस्ता मान्छेहरू आफै पतन भएर जाने र पार्टी झन मजबुत भएर अघि बढ्ने उनले बताए । उनले प्राकृतिक स्रोतको धनी राष्ट्र नेपाल गरिब हुनुपर्ने कारण नभएको भन्दै यस परिस्थितिलाई बदल्नुपर्ने धारणा राखे ।

कार्यक्रममा ओली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका दलबाट आएका बिभिन्न जिल्लाका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : ०८ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले