आजको मौसम : पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहने « Khabarhub

आजको मौसम : पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहने


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै, बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी  प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेशको थोरै स्थानहरूका साथै  मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, बाढी, पहिरो भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ६ : १० बजे

रणवीर सिंहलाई बिश्नोई गिरोहको धम्की, मुम्बई प्रहरीद्वारा छानबिन तीव्र

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहलाई व्हाट्सएपमार्फत करोडौँ रुपैयाँ फिरौती माग्दै धम्कीपूर्ण

स्टक ब्रोकरमार्फत १० प्रतिशत मार्जिन कारोबार गर्न पाइने

काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत

नेप्से परिसूचकमा झिनो गिरावट

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको

ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं- काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार घाइते

फिल्म ‘लालिमा’को टिजर सार्वजनिक

काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को