विपद् जोखिम न्यूनीकरणका लागि ‘कचहरी’ सुरू  | Khabarhub Khabarhub

विपद् जोखिम न्यूनीकरणका लागि ‘कचहरी’ सुरू 


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राँझा– विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बाँकेमा ‘कचहरी’ सुरू गरिएको छ । राप्ती सोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक नाटक ‘कचहरी’मार्फत सचेतना जगाइएको समाज सेवा नेपाल संस्थाले जनाएको छ ।

कारितास नेपाल र सिआरएस नेपालसँगको सहकार्यमा समाज सेवा नेपालले राप्तीसोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा कचहरी नाटक प्रदर्शन गरेको संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए। उनका अनुसार राप्तीसोनारी गाउँपालिकाका–१ देखि पाँचसम्मका १५ स्थान र डुडुवा गाउँपालिकाका तीन वटा वडाका नौ स्थानमा सडक नाटक प्रदर्शन गरिएको हो ।

‘विपद्सम्बन्धी सचेतना जगाउने अभियानअन्तर्गत कचहरी प्रदर्शन गरेका हौँ’, थापाले भने, ‘कचहरी नाटक सर्वसाधारले चासोका साथ हेर्ने गर्नुभएको छ ।’ समाजसेवा संस्थाले बाँकेमा विभिन्न सामाजिक विषयवस्तुमा काम गर्दै आएको छ । 

कचहरी नाटकमार्फत कलाकारले स्थानीयले बुझ्ने गरी बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक जानकारी प्रस्तुत गरेको डुडुवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष झंकबहादुर थापाले बताए । नाटकमार्फत प्रस्तुत गरिएका जानकारी निकै प्रभावकारी देखिएका उनको भनाइ थियो ।

वडाध्यक्ष तापाले वर्षायामको सुरुआतको चरणमा गरिएको यो नाटकबाट सर्वसाधारणलाई विपद् व्यवस्थापनमा सतर्कता अपनाउन सहयोग पुगेको उल्लेख गरे। उनका अनुसार वर्षायाममा बाँकेको राप्ती सोनारी र डुडुवा गाउँपालिकामा बाढी, डुबान, सर्पदंश, वन्यजन्तुको आक्रमणलगायत विपद्का घटना बढि हुने गरेका छन् । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  २ : ४१ बजे

अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके

काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

चितवन– संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै