विपद् जोखिम न्यूनीकरणका लागि ‘कचहरी’ सुरू  « Khabarhub

विपद् जोखिम न्यूनीकरणका लागि ‘कचहरी’ सुरू 


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राँझा– विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बाँकेमा ‘कचहरी’ सुरू गरिएको छ । राप्ती सोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक नाटक ‘कचहरी’मार्फत सचेतना जगाइएको समाज सेवा नेपाल संस्थाले जनाएको छ ।

कारितास नेपाल र सिआरएस नेपालसँगको सहकार्यमा समाज सेवा नेपालले राप्तीसोनारी र डुडुवा गाउँपालिकाका २४ स्थानमा कचहरी नाटक प्रदर्शन गरेको संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए। उनका अनुसार राप्तीसोनारी गाउँपालिकाका–१ देखि पाँचसम्मका १५ स्थान र डुडुवा गाउँपालिकाका तीन वटा वडाका नौ स्थानमा सडक नाटक प्रदर्शन गरिएको हो ।

‘विपद्सम्बन्धी सचेतना जगाउने अभियानअन्तर्गत कचहरी प्रदर्शन गरेका हौँ’, थापाले भने, ‘कचहरी नाटक सर्वसाधारले चासोका साथ हेर्ने गर्नुभएको छ ।’ समाजसेवा संस्थाले बाँकेमा विभिन्न सामाजिक विषयवस्तुमा काम गर्दै आएको छ । 

कचहरी नाटकमार्फत कलाकारले स्थानीयले बुझ्ने गरी बाढी, आगलागी, डुबान, सडक दुर्घटना, सर्पदंश, वन तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणसम्बन्धी चेतनामूलक जानकारी प्रस्तुत गरेको डुडुवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष झंकबहादुर थापाले बताए । नाटकमार्फत प्रस्तुत गरिएका जानकारी निकै प्रभावकारी देखिएका उनको भनाइ थियो ।

वडाध्यक्ष तापाले वर्षायामको सुरुआतको चरणमा गरिएको यो नाटकबाट सर्वसाधारणलाई विपद् व्यवस्थापनमा सतर्कता अपनाउन सहयोग पुगेको उल्लेख गरे। उनका अनुसार वर्षायाममा बाँकेको राप्ती सोनारी र डुडुवा गाउँपालिकामा बाढी, डुबान, सर्पदंश, वन्यजन्तुको आक्रमणलगायत विपद्का घटना बढि हुने गरेका छन् । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  २ : ४१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्