कालिमाटीमा टमाटर फालेको विषयमा छानविन सुरु  « Khabarhub

कालिमाटीमा टमाटर फालेको विषयमा छानविन सुरु 


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले काठमाडौंको कालिमाटीमा टमाटर फालेको विषयमा छानविन सुरु गरिएको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री भुसालले काठमाडौंको कालिमाटीमा टमाटर फाल्ने कार्यमा किसानको सहभागिता नरहेको पाइएको भन्दै थप छानविन भइरहेको जानकारी दिए ।

 उनले टमाटर फाल्ने कार्य राजनीतिक प्रेरित हुन की भन्न आशंका आफुलाई भएको जिकिर गरे । मन्त्री भुसालले किसानबाट न्यून मूल्यमा तरकारी खरिद गर्ने र उच्च भाउमा बेच्ने प्रवृत्तिलाई अन्त्य गर्न किसानबाट खरिद गर्ने मूल्य बढाउन र बिक्री मूल्य घटाउन कालिमाटी तरकारी व्यवस्थापन समितिलाई निर्देशन दिएको भोलिपल्ट नै टमाटर फाल्ने काम भएको धारणा राखे । 

उनले ७६ जिल्लामा लम्की स्किन रोगबाट महामारी फैलिएको र यसको उपचार कार्यलाई पनि तीव्रता दिएको जानकारी दिए । उपचारका अन्य विधि अपनाएर पशु चौपायालाई बचाउने काम भएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री भुसालले बिउ खरिद, यान्त्रीकरण लगायतका विषयमा अनुदान यथावत रहेको र बाँकी अनुदानलाई उत्पादनका आधारमा वितरण गर्ने कार्ययोजना बनाइएको भन्दै विगतका भन्दा फरक ढंगले अनुदान दिने व्यवस्था गर्ने बताए । उनले किसानलाई आवश्यक मल आयातका लागि सरकारले आवश्यक पहल सुरु गरिसकेको र स्वदेशमा नै मल कारखाना खोल्नका लागि बिभिन्न कम्पनीले अध्ययन सुरु गरेको जानकारी दिए ।

समिति बैठकमा समिति सदस्यहरूले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न सरकारले आवश्यक बजारीकरणको व्यवस्था गर्नुपर्ने, विगतको जस्तो मल अभावलाई समयमा नै सम्बोधन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ५ : १५ बजे

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका