दृष्टिदोषको लक्षण, समस्या र बच्ने उपाय « Khabarhub

दृष्टिदोषको लक्षण, समस्या र बच्ने उपाय


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय धरै बालबालिकामा दृष्टिदोषको समस्या देखापर्न थालेको छ। कतिपय बालबालिकाको जन्मिएको एक वर्षमै दृष्टिदोषको समस्या देखिन थालेको चिकित्सक बताउँछन्। जसका कारण सानै उमेरदेखि बालबालिका चस्मा लगाउन बाध्य छन्।

काठमाडौं उपत्यकासहित मुख्यमुख्य सहर अव्यवस्थित हुँदा फोहोरमैला बढ्दा आँखामा प्रत्यक्ष रूपमा सङ्क्रमण बढ्ने गर्छ। आँखामा सङ्क्रमण हुँदा समयमै ख्याल गरिएन भने आँखाको दृष्टि नै गुम्न सक्छ। दृष्टिदोष भएका बालबालिकाको प्रत्येक ६–६ महिनामा आँखाको नियमित जाँच गराउनु पर्ने चिकित्सक बताउँछन्। यदि समयमा उपचार नभए बच्चाको आँखाको दृष्टि विकास राम्ररी हुन पाउँदैन।

दृष्टिदोषको समस्या भनेको के हो ?
दृष्टिदोषको समस्या भनेको सामान्य भाषामा सहजै देख्न, समान वस्तु चिन्न र देख्न नसक्ने अवस्था हो। बालबालिकामा यो समस्या भएमा उनीहरूले टाढा र नजिक दुवै ठाउँमा राम्ररी देख्न सक्दैनन्। दृष्टिदोषको समस्यालाई लापरबाही गर्दै गयो भने त्यसले सधैको लागि अन्धोपन पनि निम्त्याउन सक्छ। दृष्टिदोषको कारण बालबालिकाको पढाइ, लेखाई र दैनिक रूपमा गर्ने क्रियाकलापका लागि असजिलो बनाइदिन्छ।

दृष्टिदोषका लक्षण
-बालबालिकाले केही कुरामा प्रस्ट नदेख्नु नै यसको लक्षण हो। जस्तो : पुस्तक वा कक्षाकोठामा राखिएको बोर्डहरुमा लेखिएका अक्षर स्पष्ट नदेखिने।
– भ्रमात्मक वा धमिलो आकृति देख्ने।
– टाढा वा नजिकको वस्तु राम्ररी नदेखिने।
– समय समयमा टाउको बेस्सरी दुख्ने ।
– बालबालिकाले आँखा डेढो तरिकाले हेर्ने अथवा मुन्टो बांगो पारेर हेर्ने गर्छन् ।

बच्ने उपाय
– समयमा नै दृष्टिदोषको उपचार गरेमा अन्धोपन हुनबाट बच्न सकिन्छ।
– प्रत्येक एक वर्षामा आँखाको अनिवार्य रूपमा जाँच गराउनुपर्छ।
– समयमा नै जँचाएर चिकित्सकको सल्लाह अनुसार चस्माको प्रयोग गर्ने।
– घरबाहिर निस्कँदा चस्माको प्रयोग गर्नुपर्छ।
– बच्चा स्कुल जाने उमेर भएपछि सुरुमा नै आँखा जाँच गरेर मात्र पठाउनुपर्छ।
– घर परिवारले आफ्नो बच्चाले कसरी हेर्छ, आँखाबाट आँशु निकालेको छ कि छैन त भनेर ध्यान दिनुपर्छ।
– बच्चामा आँखा पोल्ने, पाक्ने समस्या छ भने समयमान नै अस्पतालमा लैजानुपर्छ।
– बालबालिकाले धमिलो देख्छु भन्यो भने तुरुन्तै अस्पतालमा लगेर जाँच गराउनु पर्छ।
– बालबालिकालाई धेरै आँखामा हात लैजान दिनु हुँदैन।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ११ बजे

जैमिनीमा कृषि संकलन केन्द्र निर्माण

गलकोट – स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा

गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि हेलिकप्टर गस्ती गर्दा सेनाको हेलिकप्टरले

मध्यपूर्व तनावको असर बलिउड–साउथ फिल्म बजारमा : यशको ‘टक्सिक’ जुनसम्म सर्‍यो

काठमाडौं– विश्वव्यापी रिलिजको तयारीमा रहेको दक्षिण भारतीय सुपरस्टार यश अभिनीत

डोल्पाको मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा उद्धार

काठमाडौं– उपल्लो डोल्पाको शे फोक्शुण्डो गाउँपालिका फोतगाउँस्थित दुर्गम मतदान केन्द्रमा

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व