कालिकाका चेपाङ परिवारलाई बाख्रा वितरण « Khabarhub

कालिकाका चेपाङ परिवारलाई बाख्रा वितरण


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रत्ननगर– चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ । पहाडी क्षेत्रका वडामा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत ५० चेपाङ परिवारलाई एक सय ५० वटा बाख्रा वितरण गरिएको हो । 

प्रतिपरिवार तीन वटाका दरले बाख्रा वितरण गरिएको कालिका नगरपालिका पशु शाखा प्रमुख ईश्वरी पौडेलले जानकारी दिए । कालिका–९ र ११ का २५-२५ परिवारलाई बाख्रा वितरण गरिएको हो । चेपाङको पोषण अवस्था सन्तोषजनक नभएकाले गर्भवती र दुई वर्षमुनिका बालबालिकालाई लक्षित गरेर बाख्रा वितरण गरिएको उनको भनाइ छ । वडा नं ९ मा नगरपालिकाको सहयोगमा स्थानीय शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्थामार्फत बाख्रा वितरण गरिएको थियो । 

सहकारीमा आबद्ध कुपोषणको जोखिममा रहेका २५ चेपाङ परिवारलाई बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष खडककुमारी खत्रीले जानकारी दिइन् । नगर क्षेत्रका महिलालाई उद्यमी बनाउने उद्देश्यले उक्त कार्यक्रमलाई जोड दिइएको उनको भनाइ छ । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि मासुमा समेत अनुदान दिने नीति लिएको छ ।  

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ५३ बजे

रवि–बालेन एकतापछि हर्क साम्पाङ आक्रोशित, बिहानदेखि मध्यदिनसम्म लेखिसके दर्जनबढी फेसबुक स्टाटस

काठमाडौं- परम्परागत ठूला राजनीतिक दललाई चुनौती दिने गरी राष्ट्रिय स्वतन्त्र

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज– बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला

बालेनलाई रास्वपामा मिल्नेछ रविपछिको हैसियत

काठमाडौं– अन्ततः परम्परागत दललाई चुनौतीका रुपमा खडा हुने गरी रवि

मह र च्याउ खेतीको प्रवर्द्धन गर्न सरकारले ल्यायो नयाँ कार्यविधि 

काठमाडौं– सरकारले कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने उद्देश्यले ‘कार्यक्रम

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति

लुम्बिनी (मर्चवार)– कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल