आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ : स्वास्थ्यमन्त्री | Khabarhub Khabarhub

आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ : स्वास्थ्यमन्त्री


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाटन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताएका छन् ।

आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्छ भने । ‘आकस्मिक तयारीका लागि हामी सधैँ चनाखो हुनुपर्छ । यो कुनै एक ठाउँमा मात्रै हुने कुरा हैन तसर्थ मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्तिको तयारीमा लाग्न आग्रह गर्दछु’, मन्त्री बस्नेतले भने ।

उनले संविधान प्रदत्त  स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । 

विश्वस्वास्थ्य संगठन नेपाल प्रमुख डाक्टर राजेश सम्भाजी राव पाण्डवले इएमटी देश र जनतालाई विपत्ति परेको समयमा तुरुन्तै प्रभावकारी सेवा प्रदान गर्नका लागि बनेको एउटा समूह भएको बताउँदै यो समूह समयमै समन्वय गरेर आपतकालीन अवस्था ज्यान जोगाउनका लागि क्रियाशील हुनुपर्छ भने   । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले देशभर २५  अस्पताल ‘हब स्याटेलाइट’ आकस्मिक सेवा प्रदान गर्नसक्ने अवस्थामा रहेको बताए। उनले अस्पतालको मापदण्डअनुसार आकस्मिक योजना हुनुपर्ने बताए ।  गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदन उपाध्यायले आकस्मिक चिकित्सकीय समूह ‘इएमटी’ लाई कार्यान्वयनको चरणमा लैजान कार्यशालाको आयोजना गरिएको जनाउँदै पूर्वतयारीका कार्यलाई समेत लिएर दुई दिने छलफल गरिने बताए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ११ : ४३ बजे

सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिन्छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया

शाह वंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बन्यो : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण सिर्जित निराशालाई

निजामती सेवा विधेयकमा थप छलफल गर्न गृहमन्त्रीले मागे ५-६ दिनको समय

काठमाडौं- गृहमन्त्री रमेश लेखकले निजामती विधेयकमा असहमति देखिएका विषयमा छलफल

सगरमाथा संवादका लागि भारतले दियो १५ वटा सवारी साधन 

काठमाडौं– नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणका

इजरायल–प्यालेस्टाइन युद्धमा पत्रकार मारिएकोप्रति प्रेस युनियनबाट दुःख व्यक्त

पोखरा– नेपाल प्रेस युनियनले गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटका क्रममा