नवलपुरको शनिश्चरे ताल पुनर्निर्माण « Khabarhub

नवलपुरको शनिश्चरे ताल पुनर्निर्माण


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाट सुस्तापूर्व)– नवलपुरको शनिश्चरे तालको पुनर्निर्माण गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित तालको गण्डकी प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएको हो ।

जिल्लाकै ठूलो तालका रुपमा रहेको शनिश्चरे ताल साँघुरिँदै गएपछि ताल सफा गर्ने, ताल पुरिएको स्थानमा खन्नेलगायतको काम गरिएको सिसबार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए । 

३१ बिघा क्षेत्रफलमा फैलिएको ताल गण्डकी प्रदेश सरकारको ४० लाख र उपभोक्ता समितिबाट चार लाख ३४ हजार चार सय २१ गरी कूल ४४ लाख ३४ हजार चार सय २१ रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको उनको भनाइ छ । 

सिमसारको रुपमा रहेको यस क्षेत्रको संरक्षण गर्दै तालको रुपमा विकास गरिएको हो । ताल संरक्षण गर्नु जैविक विविधताका हिसाबले समेत महत्वपूर्ण रहेको अध्यक्ष पाण्डेले बताए । गैँडा, मृगलगायतका वन्यजन्तुलाई पानीको स्रोत, लोपउन्मुख चराको बासस्थानका लागि तालको महत्व रहेको अध्यक्ष पाण्डेले बताए । 

जिल्लाकै ठूलो ताल भएकाले पर्यटनको आकर्षणसमेत बन्ने उनको विश्वास छ । ‘जैविक विविधताको संरक्षण गर्दै पर्यापर्यटनको माध्यमबाट दिगो जीविकोपार्जन गर्नका लागि यो तालको महत्व रहेको छ’, उनले भने । 

तालमा अहिले माछापालनसमेत गरिएको छ । लक्षित वर्ग माझी, मुसहर, बोटे समुदायको आर्थिक उपार्जनमा समेत तालले सहयोग पुग्ने उनको भनाइ छ । 

पूर्व पश्चिम राजमार्गको केउरेनीदेखि दुई दशमलव पाँच किलोमिटरको दूरीमा रहेको शनिश्चरे ताललाई जिल्लाकै आकर्षक पर्यटकीयस्थलको रुपमा विकास गर्न १५ करोडको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार पारिएको अध्यक्ष पाण्डेले बताए । उनले पार्क, मचान, दृश्यावलोकन स्तम्भसहितका संरचना बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

प्रारम्भिकरुपमा थोरै बजेटले तालको पुनर्निर्माणको काम गरिएको र क्रमशः योजनाअनुसारका काम गरिने अध्यक्ष पाण्डेले बताए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले तालको थप महत्व रहेको अध्यक्ष पाण्डेको भनाइ छ ।  

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ६ : ३७ बजे

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

पाल्पा- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे

चितवनमा सोमबारदेखि मौरी सम्मेल हुँदै

चितवन– मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

बागलुङ– नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १०

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरण गर्ने

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः

भलिबलको एउटै टिममा परिचारका चार सदस्य

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका