साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने  | Khabarhub Khabarhub

साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने 


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४औँ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । 

बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा रहेको छ । त्यस्तै भारत नेपाललाई हराएर सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ ।

सेमिफाइनलको यात्रा तय गर्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

साविक विजेता भारत र उपविजेता नेपालबीचको आजको खेल रोमान्चक हुने अनुमान छ ।

आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको थियो भने भारतले पाकिस्तानलाई हराएको थियो । 

अहिलेसम्म नेपाल र भारतबीच भएका २३ प्रतिस्पर्धामा भारतले १६ र नेपालले दुई खेलमा मात्रै जित हासिल गरेका छन् । बाँकी ५ खेल बराबरीमा सकिएका थिए । 

जारी च्याम्पियनसिपमा समूह ए को भारत तीन अंकसहित शीर्षस्थानमा रहँदा नेपाल भने अंक विहीन हुँदै तेस्रो स्थानमा छ ।

च्याम्पियनसिपमा नेपाल, आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनान सहभागी छन् । 

नेपालले समूहको अन्तिम चरणको खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : २९ बजे

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग