बढीले खानेपानी आयोजना बगाउँदा तीन कारेडको क्षति « Khabarhub

बढीले खानेपानी आयोजना बगाउँदा तीन कारेडको क्षति


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

भोजपुर– बाढीले सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना बगाउँदा तीन करोड बराबरको क्षति भएको छ ।

खोलाभन्दा करिब सय मिटर टाढा रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीन वटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघरलगायतमा क्षति पुर्‍याउँदा तीन करोड बराबरको क्षति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । 

आयोजना निर्माणस्थल अहिले बगरमा परिणत भएको उनको भनाइ छ । ‘बाढीले आयोजनास्थल बगाउँदा तीन करोड बराबरको क्षति पुगेको छ,’ उनले भने, ‘आयोजना रहेको ठाउँमा अहिले खोला बगेको अवस्था छ । आयोजना बगाउँदा स्थानीय पिउनेपानीबाट वञ्चित भएको अवस्था छ । यसलाई पुनः सञ्चालनमा ल्याउन कार्यालयले पहल थालेको छ ।’ 

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाउँदा राज्यलाई ठूलो क्षति पुगेको उनको भनाइ छ । आयोजनाको कार्यालयले स्थलगत अनुगमन गरेर उपयुक्त विकल्पको खोजी गर्ने काम भइरहेको प्रमुख सिंहको भनाइ छ ।

आर्थिक वर्ष २०७५–७६ बाट यो योजनाको निर्माण थालिएको हो । कूल अनुमानित ११ करोड ११ लाख आठ हजार ९२७ लागतमा निर्माण भइरहेको छ । असार २ गते राति आएको बाढीले आयोजना बगाएपछि स्थानीय पिउनेपानीबाट वञ्चित भएका छन् । तीन  सय ८६ घर परिवारलाई पानी खुवाउने लक्ष्यका साथ निर्माण भइरहेको आयोजनाबाट एक सय ५० घर परिवारले पानी खाँदै आएका थिए ।

दुई सय घरपरिवारमा धारा जडान गरेर पानी वितरणको अन्तिम तयारीमा रहेको अवस्थामा बढीले आयोजना बगाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए । 

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाएपछि स्थानीयलाई पानीको समस्या थपिएको उनको भनाइ छ । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ११ : १६ बजे

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध