मन्त्री सिंहको अन्त्येष्टि गरियो « Khabarhub

मन्त्री सिंहको अन्त्येष्टि गरियो


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री स्वर्गीय पृथ्वीबहादुर सिंहसहित गाडी दुर्घटनामा मृत्यु भएकी उनकी पत्नी अमृता र भाउजू जया सिहंको आज बझाङको सदरमुकाम चैनपुरस्थित डुङ्री घाटमा दाहसंस्कार गरिएको छ।

स्वर्गीय मन्त्री सिंहको पार्थिव शरीरमा जेठा छोरा अभिषेक र कान्छा छोरा आदेशले दिउँसो करिब दुई बजे दागबत्ती दिए । अन्त्येष्टि अघि नेपाल प्रहरीको ३० जनाको टोलीले स्वर्गीय सिंहप्रति अन्तिम सलामी अर्पण गरेको थियो । 

धनगढीबाट बझाङ जाने क्रममा केदार स्यूँ गाउँपालिका–१ जुवाली खेतमा गाडी दुर्घटनामा परी पाँच दिनअघि मन्त्री सिंहसहित तीन जनाको ज्यान गएको थियो । उनका जेठा छोराले विदेशबाट आएर अन्तिम संस्कार गरेका हुन् ।

दाहसंस्कार अघि स्वर्गीय मन्त्री सिंहको शव चैनपुरस्थित नेपाली कांग्रेस पार्टी कार्यलयमा राखिएको थियो । पार्टी कार्यालयमा आयोजित अन्तिम श्रद्धाञ्जली सभामा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्री, पूर्व मन्त्री, नेपाली कांग्रेस तथा विभिन्न दलका नेता तथा कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक र आफन्तहरूले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ६ : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्