ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन « Khabarhub

ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिमले दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो ।

नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दुवै विधामा उपविजेता हुन सफल भएको छ । च्याम्पियन बनेको सिचुवान ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु पाँच लाख ५० हजारका दरले रु ११ लाख नगद पुरस्कारसहित उपाधि हात पार्न सफल भयो ।

यसैगरी उपविजेता नेपाली टोली नारा ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु सात लाख नगद पुरस्कार पायो । सिचुवानले पाँच सय मिटरको दूरी दुई मिनेट २० सेकेन्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दौड ५३ सेकेन्डमा पार गर्दै दोहोरो उपाधि जित्न सफल भयो ।

नेपाली टिम नाराले भने पाँच सय मिटरको दूरी दुई मिनेट २३ सेकेन्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दूरी भने ५६ सेकेन्डमा पार गर्दै उपविजेता भएको हो । ड्रागन बोट रेसमा चीनको तीन, नेपालको चार र सिङ्गापुरको एक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । चीनको युनान प्रान्तको युनान ड्रागन बोट टोली दुवै विधामा तृतीय हुन सफल भयो ।

नेपालको नेपाल र्‍याफ्‌टिङ एन्ड क्यानोइङ एशोसिएसन (एनआरसीए) चौथो भएको छ । प्रतियोगितामा सहभागी सबै टिमलाई जनही रु एक-एक लाख प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली, नेपालस्थित चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगर प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा बोट रेस तथा महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा फेस्टिभलको सहयोगी संस्थाका रूपमा थिए । 

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने पोखरा महानगरले जनाएको छ । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ६ : ५३ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक