नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ बागमतिको अध्यक्षमा संगम लामा  « Khabarhub

नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ बागमतिको अध्यक्षमा संगम लामा 


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ बागमती प्रदेशको अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् । संघको  तेस्रो भेलाबाट लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा केशव कवांनविनबज्र लामा, सचिवमा तीर्थरत्न राजचल र कोषाध्यक्षमा कल्पना विश्वकर्मा सर्वसम्मत भएका छन् । त्यसैगरी सदस्यहरूमा विज्वेल सुवाल, राम शिवाकोटी, रामकाजी श्रेष्ठ, निर्मला तामांग, पुष्पराज भटटराई, नगेन्द्र महर्जन, नीरा मानन्धर र राजाराम बासी चुनिएका छन् । बाँकी सात जना सदस्य पछि मनोनित गरिने जनाइएको छ । विधान अनुसार जिल्लाबाट प्रदेश कमिटीमा सदस्य रहेका व्यक्ति जिल्ला संयोजक रहने व्यवस्था रहेको जनाइएको छ ।

यसअघि भेलाको उद्घाटन बागमती प्रदेशका सामाजिक  विकाश  मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष कुमार कार्की, केन्द्रीय सदस्य राजकुमार लघूलगायतले खेलको विकासमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रम संघका निवर्तमान अध्यक्ष उमा थपलियाको सभापतित्वमा भएको थियो । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ०३ बजे

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित

काठमाडौं– पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा