वेस्ट इन्डिजविरुद्ध जिम्बावेको सहज जित | Khabarhub Khabarhub

वेस्ट इन्डिजविरुद्ध जिम्बावेको सहज जित


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा आज भएको खेलमा घरेलु टोली जिम्बावेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको हो । योसँगै समूह ‘ए’ बाट घरेलु टोली जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्डस् प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् । सोही समूहमा रहेका नेपाल र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

घरेलु टोली जिम्वावेले वेस्टइन्डिजलाई जितका लागि दुई सय ६९ रनको चुनौती दिएको थियो । जवाफमा वेस्ट इन्डिज ४४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३३ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि कायल मयरर्सले सर्वाधिक ५६ रन बनाए भने रोस्टोन चसेले ४४ रन बनाए । त्यस्तै कप्तान साइ होपले ३० रन बनाउदाँ निकोलस पुरनले ३४ रन बनाए । ब्रेन्डन किङ्गले २० तथा जेसन होल्डर १९ रनमा आउट भए ।

जिम्बावेका तीव्रगतिका बलर टेन्डाइ चताराले सर्वाधिक तीन विकेट लिए भने सिकन्दर राजा, ब्लेसिङ मुर्जाबानी र रिचर्ड नगारावाले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६८ रन बनाएको थियो । जिम्बावेका लागि सिकन्दर राजजाले ५८ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए । यसैगरी रायन बर्लले ५० रन जोडे भने क्रेग इर्विनले ४७ तथा सन विलियम्सले २३ रन बनाए ।

वेस्टइन्डिजका किमो पलले तीन विकेट लिए भने अल्जारी जोसेफ र अकिल हुसैनले समान दुई–दुई विकेट लिए । अब जिम्बावेले समूह चरणको आफ्नो अन्तिम खेल सोमबार अमेरिकासँग खेल्नेछ । त्यस्तै वेस्टइन्डिजले सोमबार नै नेदरल्यान्डस्सँग खेल्नेछ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ९ : ५९ बजे

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार नाघ्यो 

काठमाडौं– नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६

दशैँ-तिहारमा ब्ल्याक डेकरको उपहार योजना : हिरो बाइकदेखि भियतनाम ट्रिपसम्म !

काठमाडौं– घरेलु उपकरण ब्रान्ड ब्ल्याक डेकरले दशैँ–तिहार विशेष उपहार योजना

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौं– गत आर्थिक वर्ष २०८१-८२ मा नेपालको आर्थिक वृद्धिदर चार

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा

मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु