काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट « Khabarhub

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

उनका अनुसार चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ । जसअनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा बैंक मौज्दात, संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान, आन्तरिक आय, राजस्व बाँडफाँटलगायतलाई लिएको छ ।

महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको जानकारी दिएकी उपप्रमुख डंगोलले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने बताइन् ।

महानगरले सबैभन्दा धेरै शिक्षा र स्वास्थ्य क्षेत्रका लागि बजेट  विनियोजन गरेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  २ : ०२ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा