‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत « Khabarhub

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसूर कायम गरी सजायको व्यवस्था गर्न र घरायसी लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने व्यवस्था गर्न गत वैशाख २० गते मुलुकीसंहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो ।

दुवै सदनबाट स्वीकृत भइसकेको उक्त अध्यादेशले गरेको व्यवस्थालाई निरन्तरता दिन आवश्यक भएकाले अध्यादेशलाई प्रतिस्थापन गर्नेगरी यो विधेयक तयार पारिएको कानूनमन्त्री गुरुङले बताए ।

मुलुकी देवानीसंहिता, २०७४, मुलुकी कार्यविधिसंहिता, २०७४, मुलुकी अपराध संहिता २०७४ र मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ लाई जारी संशोधन गर्न जारी भएको उक्त अध्यादेश प्रतिनिधिसभाबाट गत वैशाख २७ गते र राष्ट्रिय सभाबाट जेठ ५ गते स्वीकृत भएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ४ : ०३ बजे

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको