जसपाको विधान अधिवेशन जारी, आज समूहगत छलफल हुँदै « Khabarhub

जसपाको विधान अधिवेशन जारी, आज समूहगत छलफल हुँदै


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन जारी रहेको छ । 

हिजोबाट सुरु भएको अधिवेशनको दोस्रो दिन आज पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि छलफल हुँदैछ । छलफलका लागि सहभागीलाई १० समूहमा विभाजन गरिएको छ ।

हिजो अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए । सोही प्रस्तावित विधानमा आजबाट समूहगत छलफल हुन लागेको हो ।

अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठनलगायत देशभरी तथा प्रवाससमेतबाट गरी करिव ८०० प्रतिनिधिहरू सहभागी छन् ।

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालको विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली बन्नेछन् । 

विधानले ७० वर्षे उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ ब्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ६ : ४९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा