नगरपालिकाद्वारा पशुलाई ‘लम्पी स्किन’विरुद्ध खोप दिइयो « Khabarhub

नगरपालिकाद्वारा पशुलाई ‘लम्पी स्किन’विरुद्ध खोप दिइयो


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाले दुई हजार पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइदिएको छ । नगरभित्रका विभिन्न वडामा लम्पी स्किनबाट सङ्क्रमित पशुको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले खोप खरिद गरी निःशुल्क लगाइदिएको हो ।

पशुमा सङ्क्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण गर्न पालिका आफैँले खोप खरिद गरेर सम्भावित जोखिमका क्षेत्रमा रहेका पशुलाई निःशुल्क खोप लगाएको पशु सेवा शाखा कार्यालयका प्रमुख लेखनाथ अर्यालले बताएका छन् ।

 नगरपालिकामा एकसय ५० भन्दा बढी पशुमा यो रोग देखा परेको छ । ‘गाईभैँसीमा लम्पी स्किन रोगको लक्षण पुष्टि भएपछि अन्य पशुमा सर्न नदिन पहिलो चरणमा व्यावसायिक फर्म तथा अन्य ठाउँका पशुलाई दुई हजार खोप खरिद गरी लगाएका हौँ’ उनले भने, ‘जहाँ जहाँ सङ्क्रमित पशुको स्ख्या धेरै छ ती ठाउँमा निःशुल्क खोप लगाएका छौँ, सङ्क्रमणको अवस्था हेरेर खोप अभियान चलाउने नचलाउने निर्णय गछौँ।’

व्यावसायिक फर्म तथा घर–घरमा पालिएका सङ्क्रमित नभइसकेका पशुमा निरन्तर खोप लगाइएको छ । नगरभित्र हाल १२ हजार ९९ गाईभैँसी र गोरु छन् । फागुनको अन्तिम साताखेखि देखिएको यो सङ्क्रमणबाट सुरुकै अवस्थामा १० वटा पशु मरेका थिए ।

नगरपालिकाले यो रोग रोकथाम तथा नियन्त्रण गर्न स्थानीय रेडियो तथा पत्रपत्रिकाका साथै सामाजिक सञ्जाल प्रयोग गरी जनचेतनामूलक सन्देश प्रशारण तथा प्रकाशन गरेको छ । ‘यो रोग एक प्रकारको पक्स समूहको काप्रीपक्स भाइरसबाट गाईभैँसीमा लाग्ने रोग हो’ प्रमुख अर्यालले भने, ‘यो रोग भैँसीभन्दा पनि बढी गाईगोरुमा लाग्ने गर्दछ ।’

लम्पी स्किन रोग लागेका पशुले कचेरा निकाल्ने, सिगान बग्ने तथा फिँज निकाल्ने, शरीरका विभिन्न भाग विशेष गरी घाँटी, पछाडिको खुट्टा, पेट, कल्चौडामा गिर्खा देखिन्छ । पशुमा एक सय चार फरेनहाइट भन्दामाथि उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, गर्भ तुहिने तथा बाँझोपना हुने लक्षण लम्पीस्किनका हुन् ।

‘यो रोग लामखुट्टे, झिंगा र किर्नाको टोकाइबाट पनि एकबाट अर्कोमा सर्न सक्छ’ उनले भने, ‘सङ्क्रमित गाईभैँसीको ओसारपसार, लसपस तथा सङ्क्रमित गाईभैँसी र स्वस्थ गाईभैँसीलाई उपचारको क्रममा एउटै सुई प्रयोगबाट पनि सर्न सक्ने भएकाले विशेष सावधानी अपानाउनुपर्छ ।’

यो रोगको ठोस् उपचार नभएकाले खोपलाई नै विकल्पकोरुपमा प्रयोग गर्नुपर्ने प्रमुख अर्यालले  बताए। बिरामी पशुलाई अरु पशुबाट अलग्गै राख्ने, गोठ र मलखादबीचको दूरी बढाउनुपर्ने, भुसुना, किर्ना, डाँक, लामखुट्टेलगायत परजीवी नियन्त्रण गर्नुपर्ने, गोठ वरिपरिको  सरसफाइमा ध्यान दिनुपर्ने, काँचो छाला तथा सङ्क्रमित पशुको ओसारपसारमा रोक लगाउनुपर्नेमा उनले जानकारी दिए। पशु सङ्क्रमित हुने दर बढेपनि यसको मृत्युदर भने पछिल्लो समय घट्दै गएको छ । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १२ : २५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको