'हेरिटेज अफ फेसन’ सम्पन्न | Khabarhub Khabarhub

‘हेरिटेज अफ फेसन’ सम्पन्न


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा ‘हेरिटेज अफ फेसन’ सम्पन्न भएको छ । आसाप इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा स्थानिय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको थियो । तास्मानिया संस्करणमा तास्मानिया राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सीलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लूमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति रहेको थियो ।

यस्तै नेपालबाट फेसन शोमा सहभागी हुन संचारकर्मी विवेक खतिवडा, शो कोरियोग्राफर मुस्कान रानी र ड्रेस डिजाइनर अमितेष कर्ण र इन्द्रा लक्ष्मी अचाजु अष्ट्रेलिया पुगेका थिए ।

संस्थाका अध्यक्ष तथा निर्माता सन्तोष अधिकारीले तास्मानियामा नेपाली समुदायको यो पहिलो कार्यक्रम भएको बताए ।  ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका ड्रेसमा र्याम्प नापेका थिए । ‘हेरिटेज अफ फेसन अस्ट्रेलिया’ नेपाली कला र संस्कृतिको वास्तविक उत्सव रहेको भन्दै नेपाल र अष्ट्रेलियाका शीर्ष फेसन डिजाइनरहरू, मोडेलहरू र मेकअप आर्टिस्टहरूले आकर्षक रनवेमा आफ्नो कला प्रस्तुत गरेको आयोजकले जनाएको छ ।

परम्परागतदेखि समकालीन डिजाइनले नेपालको समृद्धी, जीवन्त सम्पदा झल्काएको दाबी आयोजकको छ । नेपाली कला र संस्कृतिको जगेर्नामा सहयोग गर्न उल्लेख्य मात्रमा होबार्टवासी नेपाली सहभागी भएको निर्देशक अधिकारीले बताए । नेपाल र सिड्नीमा हेरिटेज अफ फेसन अस्ट्रेलिया सफलता पूर्वक सम्पन्न भैसकेको छ । निर्माता अधिकारी अहिले दुई सिनेमा ‘एयुडी’ र ‘चित्रा’को प्रि–पोडक्सनमा समेत व्यस्त छन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ४ : २८ बजे

जिरीको होटल यार्साले प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिने

काठमाडौं– प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई

नेशन्स लिगको फाइनलमा आमनेसामने हुँदै ४० रोनाल्डो र १७ वर्षे यामाल

म्युनिख, जर्मनी– युइएफए नेशन्स लिगको रोमाञ्चक फाइनलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो

हरित क्रान्तिमा तेह्रथुमका किसान

तेह्रथुम– फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनै बेला ३० देखि

एम्ब्बाप्पेले पूरा गरे फ्रान्सका लागि ५० गोल

काठमाडौं- स्टार स्ट्राइकर किलियन एम्बाप्पेले फ्रान्सका लागि ५० गोल पूरा