दार्चुलाका नौ स्थानीय तहमध्ये आठ पालिकाले ल्याए बजेट « Khabarhub

दार्चुलाका नौ स्थानीय तहमध्ये आठ पालिकाले ल्याए बजेट


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नौवटा स्थानीय तह रहेको दार्चुलामा आठवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानूनी व्यवस्थाअनुसार असार १० गतेसम्म बजेट पेस गरिसक्नुपर्ने नियमानुसार जिल्लाको शैल्यशिखर नगरपालिका बाहेकका आठवटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका हुन् ।

शैल्यशिखर नगरपालिकाले भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानूनी व्यवस्थाअनुसार आइतबार असार १० गते बजेट ल्याउन सकेको छैन । विविध समस्याका कारण समयमै बजेट ल्याउन नसकिएको नगर उपप्रमुख शान्ति खडायतले बताए । जिल्लाका अन्य स्थानीय तहले भने नियमानुसार असार १० गतेभित्रै बजेट पेस गरिसकेका छन् ।

जिल्लाको लेकम, मार्मा, अपी हिमाल, मालिकार्जुन, नौगाड, व्याँस गाउँपालिका तथा महाकाली नगरपालिकाले असार १० गते बजेट ल्याएका छन् भने दुहूँ गाउँपालिकाले यसअघि असार ७ गते नै बजेट सार्वजनिक गरिसकेको छ ।

जिल्लाको महाकाली नगरपालिकाले आगामी आर्थिक वर्षको २०८०/८१ का लागि रु ६३ करोड २३ लाख ९७ हजार छ सय ६० को बजेट नगरसभामा पेस गरेको छ ।

त्यस्तै, जिल्लाको मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ५९ करोड १३ लाख ६४ हजारको बजेट गाउँसभामा पेस गरेको छ ।

त्यस्तै, लेकम गाउँपालिकाले रु ४८ करोड ९७ लाख ५७ हजार चार सय, दुहूँ गाउँपालिकाले रु ३६ करोड चार लाख ७० हजार छ सय तथा अपी हिमाल गाउँपालिकाले रु ३० करोड ५० लाख ९७ हजारको बजेट गाउँसभामा पेस गरेका छन् ।

त्यस्तै, जिल्लाको नौगाड गाउँपालिकाले रु ४० करोड ७६ लाख ४७ हजार पाँच सय, व्याँस गाउँपालिकाले रु ३८ करोड ४५ लाख २४ हजार सात सय र मार्मा गाउँपालिकाले रु ४० करोड ३३ लाख ६१ हजारको बजेट गाउँसभामा पेस गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : २३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने