राप्रपाका सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी | Khabarhub Khabarhub

राप्रपाका सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी सात सय ५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताको जिम्मेवारीलाई छ महिनाको समयसीमा निर्धारण गरेको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए।

गत जेठमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयलाई पारित गरेको बैठकले भूगोलमा जाने नेताहरुले वडा तहबाटै सङ्गठन गठन, पुनःगठनलगायत तोकिएका कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी प्रदान गरेको छ ।

आइतबारदेखि सुरु भएको बैठकमा छलफल नसकिएकाले आजसम्म सञ्चालन भएको बैठकमा ‘राप्रपाः अब नवीन राप्रपा’ सम्बन्धी कार्ययोजनालाई थप व्याख्या तथा विस्तृत कार्यक्रमको रुपमा लागू गर्नका लागि आवश्यक छलफल गरिएको थियो । पार्टी गतिशील बनाउन सो कार्ययोजना ल्याइएको बैठकमा बजेट अधिवेशन, पार्टीको सङ्गठन सुदृढीकरण, कृयाशील सदस्य वितरण, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा पनि थप छलफल गरिएको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : ४४ बजे

वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गर्ने

काठमाडौं– वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरका बिरामीहरूको निःशुल्क शल्यक्रिया

प्रधानमन्त्री ओलीलाई चेपाङ समुदायबाट चिउरी उपहार

हेटौँडा–  मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्छ : धनराज गुरुङ

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन

इरानमा कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

तेहरान– इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण