जसपाको विधान अधिवेशन : समूहगत छलफलका प्रश्नमा अध्यक्ष यादवले जवाफ दिने | Khabarhub Khabarhub

जसपाको विधान अधिवेशन : समूहगत छलफलका प्रश्नमा अध्यक्ष यादवले जवाफ दिने


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज सकिँदैछ । 

अधिवेशन तालिकाअनुसार आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नहरूको अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूले जवाफ दिने कार्यक्रम छ ।

आइतबार सुरु भएको विधान अधिवेशनमा अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदामा हिजो १० वटा समूहमा छलफल भइ धारणा राख्ने क्रम सुरु भएको थियो । 

उक्त १० वटा समूहबाट धारणा आए पछि अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

उनका अनुसार प्रस्तावित विधानमा ७० वर्षे उमेर हदको प्रावधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाइएको छ ।

यस्तै, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रिय समिति सदस्य हुन कम्तिमा पाँच वर्ष पार्टी सदस्यता लिएको पाँच वर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ ।

उक्त मस्यौदा विधानमा छलफलका लागि ४ सय २० केन्द्रीय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : ३८ बजे

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु