जलवायु नियन्त्रणमा बारबाडोसको आवाज | Khabarhub Khabarhub

जलवायु नियन्त्रणमा बारबाडोसको आवाज


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जलवायु परिवर्तन पछिल्लो समय संसारकै समस्या हो। यस समस्यामा निम्न तथा मध्यम आय भएका देशदेखि संसारका प्रतिष्ठित र ठूला देशका नेता लागि परेका छन्। पेरिस सम्झौतादेखि विभिन्न समयमा नीति निर्माताले एउटा पहल गरेका छन्। जिरो कार्बनका लागि धेरै देशले एउटा समय सीमा तोकेका छन्, भलै त्यस समय सीमासम्म लक्ष्य पाउनेका लागि योजना कार्यान्वयन कत्तिको गरेका छन्। त्यो पछिको विषय हो। संसारका साना देशले पनि यसका लागि पहल गरेका छन्।

संसारका नेता यसै साता पेरिसमा जलवायु परिवर्तनको निम्ति उपस्थित भए। यस क्रममा उनीहरूले समस्यासँग लड्नका लागि गरिब देशलाई अर्बौं डलर सहयोगको घोषणा गरेका छन्। उनीहरूको घोषण सन् २०३० सम्म जलवायु परिवर्तनको निम्ति लड्नका लागि हो। तथापि मानवीय सङ्कटको सामना गरेका देशकाबारे छलफल भएको थियो।

बाबरडोसकी प्रधानमन्त्री मिया मेट्लीले यस बारेमा आवाज उठाउने छिन्। त्यो सानो टापुको पहिलो महिला प्रधानमन्त्री मेट्लीले यस देशका लागि केही सहयोग आवश्यक रहेको बताएकी छिन्। यसै साताका विश्वका नेताको त्यसै भेलामा उनले यस बारेमा प्रस्ताव पनि राखेकी थिइन्।

संसारका गरिब देशको जलवायु परिवर्तन र वातावरणीय प्रदूषणमा कम भूमिका छ। तर, उनीहरूले नै धेरै क्षतिको सामना गरेका छन्। पुन नवीकरणीय ऊर्जाका लागि उनीहरूले महँगो परियोजना ल्याउन पनि सक्दैनन्।

जलवायु वार्ताका लागि लामो समयदेखि बाँध निर्माण र सोलार प्लान्ट बनाउने मुख्य मुद्दा बनेको थियो। यसै मुद्दामा मेट्लीले संस्थागत स्वरूप नै तयार गरेकी छिन्। लामो महत्त्वाकाङ्क्षी योजना बनाएकी छिन्। यसैका लागि सहयोगको अपेक्षासमेत गरेकी छिन्। ‘यो हामी सबैको समस्या हो। हामी सबै लागेनौं भने मानव जीवन र प्रकृतिको नै संरक्षण गर्न असफल हुनेछौं।’

नयाँ आर्थिक कार्यक्रम तय गर्नका लागि धेरै नेताको पेरिसमा उपस्थिति हुनेछ। जर्मन चान्सलर, ब्राजिलका राष्ट्रपति र विश्व बैंकका नयाँ अध्यक्ष त्यस समारोहमा उपस्थित हुनेछन्। चीनका प्रधानमन्त्री र अमेरिकी आर्थिक सचिवको पनि त्यहाँ उपस्थिति रहने छ। बेलायतका विकास मन्त्री आन्ड्रयु माइकललाई त्यहाँ पठाउने छ। मोटीले बैठक नतिजा उन्मुख बनाउने प्रयास गरेकी थिइन्। उनकै विचारमा आगामी समयमा बारबाडोसले फड्को पनि मार्ने छ।

मेट्लीले त जलवायु परिवर्तनलाई  मृत्यु दण्डको सजायकै रूपमा लिएकी छन्। ‘यो मृत्युदण्ड नै हो भने यसलाई रोक्न पहिले नै किन पहल नगर्ने ?’ उनले भनिन्। बैठकमा उपस्थित हुनेले १ अर्ब डलरकै हाराहारी अन्तर्राष्ट्रिय मुद्राको आवश्यकता महसुस गरेका छन्।

यसलाई स्पेसल ड्रलिङ राइट भनिन्छ। यो रकम निम्न आय भएका देशलाई जलवायु परिवर्तनको पक्षमा लड्नका लागि सहयोग प्रदान गर्न दिइनेछ। मेट्लीकै लागि भने अन्य देशलाई भन्दा बढी रकमको आवश्यकता भएको छ। उनले बर्बाडीयन क्षेत्रमा डबल बृजटाउन क्षेत्र विकासको योजना बनाएकी छिन्।

अमेरिकाको न्यु हम्पायसरमा रहने स्की रिसोर्टमा दोस्रो विश्वयुद्ध पछिको मानव सभ्यताको सबै भन्दा ठुलो सङ्कटलाई कम गर्न र यसको प्रभाव कम गर्नका लागि बैठक हुनेछ।

मेट्लीको विचार जलवायु परिवर्तनको पक्षमा प्रस्ट छ। मेट्लीकै विचारमा जलवायु परिवर्तनको मुख्य कारण र यसमा धेरै हिस्सा धनी देशकै छ। यसको असर भने संसारका सबै देशमा परेको छ। गरिब देश यसबाट साँच्चै मारमा उनको ठहर छ। मेट्लीकै विचारमा गरिब देशमा आएका समस्यालाई न्यूनीकरण गर्न पहल नगरे यसले पनि धनी देशलाई असर गर्ने छ। यसका लागि धनी देशले आफ्नो देशमा काम गरेर मात्र पुग्दैन। गरिब देशलाई सहयोगको आवश्यकता हुनसक्छ।

यस वर्ष अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गरिब देशलाई वातावरण शुद्ध बनाउनका लागि सन् २०२२ मा खर्च गरिएको ७७ अर्ब डलरको तुलनामा सन् २०३० मा तीन गुना अर्थात् २.८ ट्रिलियन खर्च गरेको थियो। सो संस्थाले जलवायु नियन्त्रणका लागि थोरै रकम सहयोग गरेको छ।

मेट्लीकै विचारमा नेदरल्यान्ड्स या बेलायतका बाँध बनाउन भन्दा बारबाडोसअंगोलामा बाँध बनाउन धेरै सहज हुन्छ। निम्न आय भएका देशले विकसित देशको भन्दा एकदमै बढी ब्याज पनि बुझाइरहेका हुन्छन्।

अहिले तयार भएको जलवायु मिटीगन ट्रस्ट फन्ड दशौँ बिलियन डलरबाट तयार गरिएको हो। यसका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्र संघले सहयोग गरेका हुन्। यसको अन्तिम परियोजना तयार भइसको छैन। तर मेट्लीलाई साँचो नै सबै ठिक हुन विश्वास छ। मेट्लीको एउटै मत छ। आफ्ना सन्तानलाई सुन्दर भविष्य दिलाउन अहिले नै सबै कुरा सक्नुपर्छ।

संसारका जलवायु परिवर्तनका लागि आर्थिक संरचनाको लागि त्यो सम्मेलन आयोजना भएको थियो। सन् २०२२ को नोभेम्बरमा भएको जी २० सम्मेलन कोप २७ बैठकको सम्मेलनपछि फ्रान्सेली राष्ट्रपति एमानुएल मार्कोनले सम्मेलनको घोषणा गरेका थिए। कोप-२६ देश नेतृत्वदायी भूमिकामा रहेकी मेट्लीको कार्य योजना र उनको प्रस्तावले संसारका अन्य गरिब देशलाई पनि सहयोग र राहतको महसुस हुने अपेक्षा गरिएको छ।

म्याक्रोनले जसरी विगतमा कोरोना महामारीको समयमा सबै मिलेर सामना गरिएको थियो। त्यसैगरी मिलेर सामना गर्न आवश्यक रहेको बताएका छन्। साथै युक्रेन युद्धका कारण पीडितलाई सहयोग गर्ने अर्को काम छ। यत्ति मात्र होइन, संसारको अहिले सबैभन्दा ठुलो समस्या रहेको गरिबीको बारेमा समेत सो सम्मेलनमा छलफल भएको थियो। म्याक्रोनकै विचारमा अहिले यी सबै समस्याका कारण संसार समस्यामा छ। गम्भीर छलफलको समय आइसकेको छ।
यसको उद्देश्य भनेको आर्थिक रूपले अशक्तलाई सबै समस्यासँग मुकाबिला गर्नका लागि शक्ति प्रदान गर्नु नै हो। यसै सम्मेलनमा विश्व बैंकले तयार गरेको एउटा प्रतिवेदनका बारे पनि छलफल भएका थियो।

यस सम्मेलनको औचित्य सायद अबको केही वर्षमा देखिने छ। सायद बारबाडोस जस्ता देश समुद्री आँधीको सिकारबाट बच्न थाल्नेछन्। मेट्लीको प्रस्ताव अनुसार बैठकले नयाँ कार्यक्रम ल्याएको छ। यसले नै मुकाबिला क्षेत्रलाई जलवायुको असरबाट धेरै बचाउने छ। साथै अन्य देशलाई पनि बचाउन सहयोग गर्ने छ।
स्रोत : बीबीसी फोकस २०३० ओरजी

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १२ : ०६ बजे

गुणस्तरीय पानी आपूर्तिलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं– चेल्सीले इङ्लिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित

महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू)

काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै

एजेन्सी– रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार

संविधान संशोधन हुन आवश्यक : महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि