वाग्नर समूहलाई पुटिनको प्रस्ताव : ‘कि सेनामा भर्ती होउ, कि घर जाउ’ « Khabarhub

वाग्नर समूहलाई पुटिनको प्रस्ताव : ‘कि सेनामा भर्ती होउ, कि घर जाउ’


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको निजी सेना वाग्नरका सैनिकका बारेमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्  । उनले सो समूहलाई कि रुसी सेनामा भर्ना हुनुपर्ने कि त घर फर्किनु पर्ने प्रस्ताव राखेका छन् ।

पुटिनले मंगलबार सुरक्षा अधिकारीहरूसँग उच्चस्तरीय बैठक पनि गरेका छन् । रुसी मिडिया आरटीका अनुसार पुटिनले वाग्नर समूहका लडाकु र कमाण्डरहरूलाई सच्चा देशभक्तको रूपमा वर्णन गरेका छन्। उनले भनेका छन्, ‘जसले देश र जनतालाई धोका दिन सक्दैनन् ।’

पुटिनले भने, ‘केही मानिसहरूले सैनिकहरूलाई अँध्यारोमा राखेर आफ्नै दाजुभाइको अगाडि बन्दुक लिएर खडा गरेका थिए, जो यस अघि काँधमा काँध मिलाएर लडेका थिए ।’

अर्कोतर्फ, वाग्नरका प्रमुख येभगेनी वी प्रिगोगिनले रुसमा सैन्य कु गर्न खोजेको आरोपको खण्डन गरेका छन् । प्रिगोगिनका अनुसार सो मार्च पास पुटिनलाई हटाउनका लागि गरिएको थिएन ।

एक सामाजिक सञ्जाल एपमा आफ्नो ११ मिनेटको अडियो विज्ञप्तिमा प्रिगोजिनले वाग्नर सेनाको उद्देश्य युक्रेनमा रूसको आक्रमणको विरोध रहेको बताएका छन् । उनले रुसी सेनाद्वारा वाग्नर समूहमाथि गरिएको अन्यायविरुद्ध लड्न आन्दोलन सुरु गरेको बताएका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : १६ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई