एमाले र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरोध | Khabarhub Khabarhub

एमाले र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरोध


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासनअन्तर्गत राख्ने गरी बजेटमा गरेको व्यवस्था सच्याउन माग गर्दै बैठक अवरोध गरेका हुन् ।

बैठक सुरु हुनेबित्तिकै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेटमा यो गल्ती भएकाले सच्याउन माग गरे । उनले यो विषयमा अर्थमन्त्रीले जवाफ नदिएकाले जवाफ मागे ।

एमालेका सूर्य थापाले पनि यो विषयमा नसच्याउँदा सम्मका लागि सदन चल्न नसक्ने बताए । 

त्यसपछि रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले लोकतन्त्रमा आक्रमण हुने विषयमा अर्थमन्त्रीले यो विषयमा छुट्टै जवाफ दिनुपर्ने माग गरे ।

उनीहरुले उठेर विरोध जनाउँदै उक्त निर्णय फिर्ता लिनुपर्ने र यसबारे सरकारबाट जवाफ नआउँदासम्म सदन चल्न नसक्ने अडान लिए । सभामुख देवराज घिमिरेले पटक पटक सदन चल्न दिन अनुरोध गरे ।

तर, उनीहरुले नमानेपछि सभामुख घिमिरेले मंगलबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ११ : ३९ बजे

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

तेहरान – साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज

सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव

दाङ – दाङका एकजना २६ वर्षीय थारु समुदायका युवा जोर्नी

पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ : प्रकाशशरण महत

रूपन्देही– नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति