दुग्ध विकास बोर्ड खारेजको निर्णय फिर्ता लिन माग « Khabarhub

दुग्ध विकास बोर्ड खारेजको निर्णय फिर्ता लिन माग


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय किसान विरोधी भएको भन्दै निर्णय फिर्ता लिन माग गरेका छन् ।   

प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा सांसद बस्नेतले बोर्ड खारेजको निर्णयले दूध आयातलाई प्रोत्साहन र नेपाली दुग्ध उद्योगलाई निरुत्साहित गर्ने काम भएको बताएका हुन् ।

उनले भने, ‘३० लाख दुग्ध किसान, छ सय दुग्ध उद्योग, एक हजार आठ सय सहकारी र दैनिक एक करोड उपभोक्ताको बिचमा सेवा दिइरहेको दुग्ध विकास बोर्डलाई खारेज गर्नुपर्ने आवश्यकता किन रह्यो रु यो किसान विरोधी निर्णय हो, राष्ट्रको अहितमा छ । यो प्रस्ताव सरकारले फिर्ता लिनुपर्छ ।’

सांसद बस्नेतले बाँकेको कपास विकास समिति खारेजको प्रस्तावसमेत फिर्ता लिन माग राखे ।

यस्तै विशेष समयमा बोल्दै सांसद प्रतिमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि हटाएर मन्दिरको मौलिकस्वरूप कायम गर्न माग राखे । मन्दिरमा अनावश्यक रुपमा सुनको जलहरि राखिएको र जलहरिसम्बन्धी विवादले हिन्दु धर्मावलम्बीको भावनामा चोट पुगेको उनको भनाइ थियो ।

सांसद गौतमले भने, ‘सबै सुन राज्यकोषमा दाखिला गरेर पशुपतिनाथको मौलिकस्वरुप देखिने गरी पुरानै अवस्थामा राखियोस् ।’ उक्त जलहरिमा १३ जनाको नाम कुदेँको-लेखेको भन्दै उनले आपत्ति जनाए । –रासस

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १ : ५२ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने