मन्त्री मोदी र कोरियाली राजदूतबीच शिष्टाचार भेटवार्ता « Khabarhub

मन्त्री मोदी र कोरियाली राजदूतबीच शिष्टाचार भेटवार्ता


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गरेका छन् ।

मन्त्री मोदीलाई भेट्न राजदूत टियोङ्ग आज मन्त्रालय पुगेका थिए । सो भेटमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । सो भेटमा मन्त्री मोदीले कोरिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहिआएको बताउँदै यस सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका विभिन्न स्थानीय तह र दक्षिण कोरियाका सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताए । 

भेटमा राजदूत टियोङ्गले नेपाल र कोरियाबीचको जनस्तरको सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्ध र सहयोग थप प्रगाढ र सुदृढ बनाउन लागिपर्ने बताए  । 

त्यस अवसरमा राजदूत टियोङ्गले मन्त्री मोदीको कोरिया भ्रमणको सफलताको कामना गरे । मन्त्री मोदी कोरियाको दोस्रो ठूलो सहर बुसानमा यही असार २० गतेबाट आयोजना हुन लागेको मन्त्रीस्तरीय एक बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै छन् । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : २० बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने