राप्ती नदीमा विपद् हातेमालो अभ्यास « Khabarhub

राप्ती नदीमा विपद् हातेमालो अभ्यास


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

दाङ – लमही नगरपालिका–६ मध्यनगरस्थित राप्ती नदीमा पानीजन्य विपद्को एकीकृतरुपमा हातेमालो अभ्यास गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले कृतिम घटना अभ्यास गरेर आफ्नो क्षमता प्रदर्शन गरेका छन् ।

लुम्बिनी प्रदेशमा आइपर्ने जस्तोसुकै विपद्को सामना गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको यो अभ्यासले सन्देश प्रवाह गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेलगायत सुरक्षा निकायका प्रमुख व्यक्तिको उपस्थितिमा एकीकृत अभ्यास हातेमालो प्रदर्शन गरिएको थियो ।

सो अभ्यासका क्रममा मुख्यमन्त्री चौधरीले विपद् प्रतिकार्यको लागि प्रदेशभित्र रहेका सबै अङ्ग परिचालन हुनुपर्ने बताए । उनले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि बजेटको अभाव हुन नदिने बताए। मुख्यमन्त्री चौधरीले भने, “खोज तथा उद्धारको लागि के के चाहिन्छ ? त्यसको लिस्ट बनाउनुस् । प्रदेश सरकारले बजेट उपलब्ध गराउँछ । विपद्बाट हुने क्षति कम गर्न हामी प्रतिबद्ध छौँ ।”

नेपाली सेना मध्यपश्चिम पृतनाका पृतनापती यामप्रसाद ढकालले विपद् प्रतिकार्यका लागि एकीकृत अभ्यास जरुरी रहेको बताए । उनले तीनवटै सुरक्षा निकाय परिचालन हुँदा विपद् प्रतिकार्य सफल हुनसक्ने र यसका लागि समुदायका नागरिकको समेत सहयोगको आवश्यकता पर्ने बताए ।

नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्रीले लुम्बिनी प्रदेश बाढी र पहिरोजन्य विपद्को जोखिममा रहेको भन्दै विपद् व्यवस्थापनमा सबैको साथ सहयोग आवश्यक पर्ने बताए । उनले भने, “विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको बारेमा विद्यालयस्तरमा शिक्षा सचेतना अभियानको आवश्यकता छ ।”

सहायक रथी खत्रीका अनुसार विपद्को बारेमा विद्यालयमा पढाइ हुनुपर्छ । त्यो ढङ्गले यसको बारेमा शिक्षा सचेतना अभियान चलाइनुपर्छ । तीन तहकै सरकारले यसमा चासो दिँदा उपलब्धि राम्रो आउने थियो । उनले सहकार्यमा विपद् प्रतिकार्यको योजना बनाउन सकिने यसका लागि समुदायका नागरिकलाई पनि विपद् प्रतिकार्यमा जोड्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : २४ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली