हुम्लाको सिमकोटमा आगलागीमा परी एक जना घाइते | Khabarhub Khabarhub

हुम्लाको सिमकोटमा आगलागीमा परी एक जना घाइते


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुम्लाको सिमकोटमा आगलागीमा परी एक जना घाइते भएका छन् । मिनरल वाटरको बोतलमा रहेको पेट्रोल टुकीमा खन्याउने क्रममा आगलागी हुँदा सिमकोटमा एक जना युवक घाइते भएका छन् ।

घरमा उज्यालो पार्न टुकीमा पेट्रोल खन्याउने क्रममा बुधबार राति ८ बजे नजिकै रहेको भान्साको आगोले टिप्दा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार खार्पुनाथ गाउँपालिका–३ को राया गाउँका ३४ वर्षीया मेघनाथ टमटा टुकीमा पेट्रोल हाल्ने क्रममा भान्साको चुलोबाट सल्केको आगोले पेटको भाग, अनुहार, दुबै हातको नाडी, वायाँ खुट्टा जलेको छ ।

आगोले जलेर घाइते भएका टमटालाई बिहीबार बिहान साढे तीन बजे जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ५ : ५५ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन