राजनीतिक आन्दोलनपछिको परिवर्तनलाई रुपान्तरणको चरणमा लानुपर्छ : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

राजनीतिक आन्दोलनपछिको परिवर्तनलाई रुपान्तरणको चरणमा लानुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रका लागि भएका राजनीतिक आन्दोलनपछिको परिवर्तन केबल सुरुआत मात्र भएकाले यसलाई रुपान्तरणको चरणमा लानुपर्ने बताएकी छिन् । मदन भण्डारी फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पर्याप्त परिवर्तनलाई सुधार र रुपान्तरणका सम्भावना बाँकी नै रहेकाले जनताका बीचमा गएर नै ती सम्भावनाको खोजी गर्दै जानुपर्नेमा जोड दिइन् ।

उनले जनताको जीवनमा सम्पूर्णरूपले परिवर्तन ल्याउने ‘समृद्ध नेपाल सुखी नेपाली’ को परिकल्पना गर्ने जनताको बहुदलीय जनवादको दायित्व पूरा नभएको पनि स्पष्ट पारिन् । आफ्नो छोटो जीवनकालमा जननेता मदन भण्डारीले नेपाल राष्ट्र र नेपाली समाजका लागि गर्नुभएका योगदानहरू उच्च र अविस्मरणीय भएको उल्लेख गर्दै उनले लोकतन्त्रको स्थापना र सुदृढीकरणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका जननेता भण्डारी २०४६ सालको सफल जनआन्दोलनको सूत्राधारमध्ये एक रहेको बताइन् ।

“आन्दोलनको सफलतापश्चात् जनताको अधिकतम हितका निम्ति रूपान्तरणकारी संविधानको निर्माण, कार्यान्वयन र बलियो नेपाली राष्ट्रियताका पक्षमा उहाँले खेल्नुभएको भूमिकाले हामीलाई सदैव मार्गदर्शन गरिरहेका छन्”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको विशिष्टतामा आधारित मौलिक राजनीतिक सिद्धान्त हो । नेपालको माटोमा जन्मेको, नेपाली जनताको काखमा हुर्केको र यही विकास तथा परिष्कार भएको विचारका रूपमा हामीले जनताको बहुदलीय जनवादलाई लिनु पर्दछ । यो कुनै एउटा राजनीतिक दलको मात्र विचार होइन, नेपाली माटोको सुवास आउने मौलिक सिद्धान्त हो ।”

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ६ : ५३ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान