हुम्लाका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण « Khabarhub

हुम्लाका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण गरिएको छ । वडा नं ३ को लिमाटाङ, टल्की र गुम्बा गाउँका विपन्न घरधुरीलाई सोलार वितरण गरिएको हो । अन्धकारमा कोही रात कटाउन नपरोस् भनेर बत्तीको पहुँच नपुगेका घरपरिवारले सजिलै उज्यालो बत्ती पाउन सकून भन्नका लागि सोलार सहयोग गरिएको हो ।

विद्युतीय ऊर्जाको अभावमा लामो समयदेखि समस्या झेलिरहेका विपन्न नागरिकले सोलार पाएपछि खुसी भएका छन् । हुम्ला अहिलेसम्म पनि केन्द्रीय प्रसारण लाइनमा जोडिन सकेको छैन । लिमाटाङ गाउँमै पुगेर सोलार वितरण गरिएको हो ।

दुई वटा बल्व, एउटा सोलार पाता, व्याट्रीसहित सोलार बत्ती वितरण गरिएको हो ।तेस्रो ध्रुव संरक्षण परियोजना उकालीको आयोजनाका साथै संयुक्त राष्ट्र विकास कार्यक्रमको विश्व अमेरिकी गैरसरकारी संस्था र जीईएफ स्मल ग्रान्ड फन्ड (एसजीपी) यूएनडीपी, सिमकोट गाउँपालिका आर्थिक सहयोगका साथै क्यानडामा रहेका पेमा लामाको व्यतिगत आर्थिक सहयोगमा सोलार सहयोग गरिएको हो ।

सोलार वितरण कार्यक्रममा लिमाटाङ गाउँमै पुगेर सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी ‘प्रतिरोध’, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, वडा नं ३ का वडाध्यक्ष पामा लामालगायत सहयोगी संस्थाका पदाधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ८ : २९ बजे

‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयमा भन्सारजाँच पास रोकिएको छ । भन्सार

स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब

एजेन्सी– संयुक्त राज्य अमेरिकाका लागि बेलायतका राजदूत नियुक्तिसम्बन्धी विवादले प्रधानमन्त्री

जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस्

काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति

नरैनापुरमा आगलागीबाट १३ घरगोठ जलेर ध्वस्त

राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३

गोकुलगंगाले मानेन संघीय सरकारको निर्णय, आइतबार पनि कार्यालय र विद्यालय खुल्ने

रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय