कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने « Khabarhub

कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

विराटनगर – बिहीबार स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ । आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

९३ सदस्य रहेको कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई सरकार जोगाइ राख्न ४७ मत आवश्यक पर्दछ । तर कार्कीसँग एमालेका ४० र राप्रपाका ६ सहित ४६ सदस्यको मात्रै समर्थन रहेको छ । जसका कारण मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना देखिँदैन ।

यता, विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । एक मात्र सांसद रहेको जसपाले विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

प्रदेश सभाको बिहीबार बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएको बैठक फेरि बस्न नसकेपछि शुक्रबार बस्ने भन्दै सूचना प्रकाशित गरिएको थियो ।

बिहीबार राति साढे ९ बजे प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै बैठक शुक्रबार बस्ने जानकारी गराएका थिए ।

कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ।

यसअघि सभा कैठक बिहीबार दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहे पनि करिब २ बजेमात्र सुरु भएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने भएपछि संसद बैठक टार्ने प्रयास गरेको देखिन्छ ।

मुख्यमन्त्री कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनीसमेत बिहीबारको प्रदेशसभा बैठकमै दिएका छन् ।
विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने भन्दै उनले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ६ : ०५ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी