अष्ट्रेलियामा ‘इच्छा मृत्यु’ को उमेर १८ बाट १४ वर्षमा झारियो  « Khabarhub

अष्ट्रेलियामा ‘इच्छा मृत्यु’ को उमेर १८ बाट १४ वर्षमा झारियो 


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले ‘ब्रेन डेड’ भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्‍याउने भएको छ । यो कानून पास भएमा इच्छा मृत्यु सम्बन्धी सबैभन्दा उदार कानून हुनेछ, जसअन्तर्गत बालबालिकाले पनि त्यस्ता अधिकार प्राप्त गर्न सक्नेछन्।

यस कानूनका सम्बन्धमा राज्यकी मानवअधिकार मन्त्री तारा शीनले हालै इच्छा मृत्युको निर्णय लिन परिपक्वताको उमेर १८ बाट १४ वर्षमा झार्ने विचार गरिरहेको बताएकी छिन् ।

उमेरको हद स्वविवेकको कुरा भएको जनाउँदै जन्मदिनलाई आधार मानेर मात्र नपुग्ने भन्दै उनले व्यक्तिको निर्णय क्षमता हेरेर स्वास्थ्य विज्ञले निर्णय गर्ने बताइन् ।

उनले सामुदायिक परामर्शमा तीन हजारभन्दा बढीको सहभागिता रहेको र ५ सय जनाले लिखित राय दिएको बताइन् । ८० प्रतिशतले इच्छा मृत्युलाई समर्थन गरेका छन् ।

अर्कोतर्फ सरकारको यो अभ्यासको विरोध सुरु भएको छ । गृह मामिलाका छायाँ मन्त्री जेम्स प्याटरसनले उमेर घटाउने योजनालाई ‘डरलाग्दो’ भनेका छन्। ‘वयस्क पनि नभएको व्यक्तिले आफ्नो निर्णय आफैँले लिन सक्दैन, यो विवेक संगत छैन । उसलाई इच्छामृत्यु रोज्ने अधिकार दिनु कति हदसम्म सही होला ? त्यसो गर्दा जोखिम मात्र बढ्छ,’ उनले भने ।

सन् २०१७ मा अष्ट्रेलियाको भिक्टोरियामा कानून लागू भए पछि सयौँ मानिसहरूले इच्छा मृत्यु रोजेका थिए, जसअनुसार भिक्टोरियामा यस्ता मानिसको संख्या ६०० भन्दा बढी रहेको थियो ।

 

 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ९ : ११ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को