मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस, दुई सातामा सय जनाको मृत्यु « Khabarhub

मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस, दुई सातामा सय जनाको मृत्यु


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मेक्सिको–  जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ ।

यहाँका कतिपय स्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जसका कारण विगत दुई हप्तामा कम्तिमा १०० जनाको मृत्यु भएको छ।

मेक्सिकोमा चरम गर्मीले पनि बिजुलीको माग बढेको छ। जसका कारण अधिकारीहरूले धेरै ठाउँबाट विद्युत काट्नु परेकोले जनतामा थप समस्या बढेको जनाएका छन् ।

मन्त्रालयको रिपोर्टअनुसार दुई तिहाइभन्दा बढीको मृत्यु १८ देखि २४ जुनको बीचमा भएको थियो भने बाँकी गत हप्ता भएको थियो। गत वर्षको सोही अवधिमा गर्मीका कारण एक जनाको ज्यान गएको थियो ।

मेक्सिकोमा सबैभन्दा धेरैको मृत्यु गर्मीका कारण भएको हो । त्यसैगरी डिहाइड्रेसन पनि कतिपयको मृत्युको कारण बनेको मिडिया रिपोर्टमा जनाइएको छ ।

६४ जनाको मृत्यु टेक्सासको सिमानामा रहेको उत्तरी राज्य न्यूभो लियोनमा भएको थियो भने बाँकी खाडी तटमा रहेका छिमेकी तामाउलीपासभेराक्रुजका बासिन्दा थिए।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  १० : ४७ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्