एसीसी मेन्स यु–१६  : मलेसियालाई हराउँदै नेपाल समूह विजेता « Khabarhub

एसीसी मेन्स यु–१६  : मलेसियालाई हराउँदै नेपाल समूह विजेता


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी मेन्स यु–१६ इस्टर्न रिजन कप–२०२३ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपाल समूह ए को विजेता बनेको छ । 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियालाई ८५ रनले हराउँदै नेपालले जित निकालेको हो । यो जितसँगै नेपाल समुह ए को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । पराजित मलेसिया समूह उप विजेता बनेको छ ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभर ३ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो । मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए । त्यस्तै मुहम्मद आलिफ १५, मुहम्मद अक्रम १२ तथा मोहम्मद फाथुल फात्रीले १० रन जोड । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका अशोक धामीले सर्वाधिक ४ विकेट लिए । यस्तै, अविशेक तिवारीले तीन, सन्तोष यादवले दुई विकेट तथा कृतिक कमातले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ ओभर ४ बलमा अलआउट हुँदै १८३ रन बनाएको थियो । नेपालका अशोक धामीले ५२ रनको अर्धशतकीय ईनिङ खेले । यस्तै, अशोक धामीले ३९, नरेश भट्टले २९ सुर्यांसु कोइरालाले २३, कृतिक कामतले १६ तथा दिपकुमारले १५ रन जोडे ।

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाईकाल र मुहम्मद अक्रमले दुई–दुई तथा मोहम्मद फतुलले एक विकेट लिए ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  १ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै