विवेकशील साझाद्वारा नेपालको ‘गौरवमय सांस्कृतिक मानचित्र’ सार्वजनिक « Khabarhub

विवेकशील साझाद्वारा नेपालको ‘गौरवमय सांस्कृतिक मानचित्र’ सार्वजनिक


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीले नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ ।

नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउन, धरातलीय यथार्थ बुझाउन अभियान चलाइने भन्दै विवेकशील साझा पार्टीले शुक्रबार ललितपुरस्थित पार्टी कार्यालयमा सांस्कृतिक मानचित्र सार्वजनिक गरेको हो ।

अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराइ धरातलीय यथार्थ बुझाउन सांस्कृतिक मानचित्र सार्वजनिक गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।

हालै छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भू–भागलाई समेत राखेर बनाइएको ‘अखण्ड भारत’ को नयाँ नक्साप्रति नेपाल सरकारले औपचारिक खण्डन नगरेको र कुटनीतिक नोट समेत पठाउन नसकेको उनले बताइन् ।

यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको बास्कोटाले बताइन् ।

नेपालको सुगौली सन्धी अगाडीको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रे विहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन् ।

 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ७ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै