एक युवकको हत्याविरुद्ध फ्रान्समा प्रदर्शन जारी, ८७५ जना पक्राउ  | Khabarhub Khabarhub

एक युवकको हत्याविरुद्ध फ्रान्समा प्रदर्शन जारी, ८७५ जना पक्राउ 


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्समा एक १७ वर्षीय युवकको प्रहरीले गोली हानी हत्या गरेपछि सुरु भएको प्रदर्शन जारी रहेको छ । प्रदर्शनमा हजारौँ मानिस सहभागी हुने गरेका छन् ।

प्रदर्शनका क्रममा आन्दोलनकारीले सवारी साधन, पसल, विद्यालय र सार्वजनिक पुस्तकालयमा आगजनी गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि पटाका समेत प्रहार गरेका छन् ।

फ्रान्सको आन्तरिक मन्त्रालयले सो हिंसा नियन्त्रण गर्नका लागि अहिले फ्रान्सका सडकमा ४० हजार प्रहरी तैनाथ गरेको छ ।

सो हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ८७५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यी प्रदर्शनकारीमध्ये अधिकांश १४ देखि १८ वर्षका किशोरकिशोरीहरू रहेका छन्।

प्राप्त रिपोर्ट अनुसार प्रदर्शनकारीहरूले तीन दिनमा ४ सय ९२ भवनमा क्षति पुर्याएका छन् भने २ हजार सवारीसाधनमा आगजनी गरेका छन । सो क्रममा ३८ सय ४८ अन्य स्थानमा आगजनी र तोडफोड भएका छन् ।

गत जुन २७ मा फ्रान्सको राजधानी पेरिसको उपनगरीय इलाका नान्तेरेमा ट्राफिक सिग्नलमा नरोकेपछि १७ वर्षीय बालक नाहेललाई प्रहरीले गोली हानेको थियो । 

ड्राइभिङ लाइसेन्स नभएका अरबी मूलका ती किशोरलाई गोली हानेर प्रहरीले मारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि पेरिसमा एक्कासी हिंसा र दंगा फैलिन पुगेको हो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ०५ बजे

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप