भारतको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु, ८ जना घाइते  « Khabarhub

भारतको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु, ८ जना घाइते 


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । घाइतेको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

महाराष्ट्रको बुलढानास्थित यवतमालबाट पुणे जाँदै गरेको बस गए राति दुर्घटनामा परेको हो । 

प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा भीषण आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए ।

बसका चालकका अनुसार अचानक बसको टायर पड्के पछि बस पल्टिएको र आगलागी भएको बताए ।

प्रत्यक्षदर्शीहरूले नागपुरबाट औरंगाबाद जाने बाटोमा दायाँ पट्टि रहेको फलामको पोलमा बस ठोक्किएको बताए । सो क्रममा बस सडकको बीचमा बनेको कंक्रीट डिभाइडरसँग ठोक्किएर पल्टिएको थियो ।

यसरी पल्टिएको बसले जमिनमा ढोका थिचेका कारण सो  ढोका खोल्न नसकेर यात्रुहरुको बसभित्रै जलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

डिजेल चुहावटका कारण बसमा आगलागी भएको बताइएको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : १० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्