प्रथम महिला हाफ म्याराथनको उपाधि राममाय बुढालाई « Khabarhub

प्रथम महिला हाफ म्याराथनको उपाधि राममाय बुढालाई


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले जितेकी छन् ।

सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा काठमाडौं शनिबार भएको दौडको २१ किलोमिटर दुरी उनले १ घण्टा २६ मिनेट ९ सेकेण्डमा पार गरिन् । हल्चोकको रंगशालाबाट सुरु भएको दौड स्वयम्भु, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्ड पुगेर पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो ।

नेपाल एपीएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा २७ मिनेट २७ सेकेण्डमा दौड पूरा गरेर दोस्रो र त्रिभुवन आर्मीकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले १ घण्टा २७ मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो भइन् ।

विजेता राममाया बुढाले १ लाख रुपैयाँ जित्दा बिन्दाधन्केले ७५ हजार र पूर्ण राज्यलक्ष्मीले ५० हजार रुपैयाँ हात पारिन् । १ घण्टा ३२ मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै एपीएफ क्लबकी आशा राउत चौथो र १ घण्टा ३२ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेकी पुलिस क्लबकी सुमित्रा चौधरीले पाँचौं भइन् । उनीहरुले क्रमशः २५ र १५ हजार रुपैयाँ जितेका छन् ।

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : १७ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्