यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य « Khabarhub

यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत जारी खेलमा यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ । आज जारी सातौँ स्थानको प्लेअफ खेलमा यूएईले नेपालसमक्ष जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको हो ।

जिम्बाब्वेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो ।

यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन् । त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्माले २८ रन जोडे । बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

यस खेलको विजेताले सातौँ स्थानको लागि मङ्गलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ । अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : ०५ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक