एमालेद्वारा लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध « Khabarhub

एमालेद्वारा लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

देउखुरी- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ ।

आइतबार प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै बजेटका विषयमा आपत्ति जनाउँदै एमाले सांसदहरुले नाराबाजी गरेका थिए । बैठकमा सभामुख तुलाराम घर्तीले अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष ०८०/०८१ को राजश्व र व्ययमाथी वार्षिक अनुमानमाथि बोल्न समय दिएलगत्तै प्रतिपक्षी एमालेका सासंदहरु रोस्ट्रमअगाडि नाराबाजी गर्न पुगेका थिए ।

एमाले सासंदहरुले संसदीय मर्यादा कायम गर्न र प्रदेश सरकारले खारेज गरेका प्रदेश निर्देशनालयको पुर्नवाहालीको माग गर्दै नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्षको नाराबाजी पछि सभामुखले असार १८ गते १ बजे बस्ने गरी बैठक स्थगित गर्नुपरेको थियो ।

यसअघि गत १३ गते आह्वान गरिएको बैठकमा पनि एमालेले बजेटको विषयमा आपत्ति जनाउदै विरोध जनाएका थिए । प्रतिपक्ष दलले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । प्रदेश सरकारले भने सरकारलाई आर्थिक भार बढी परेकाले आफूहरु निर्देशनालय खारेजीको पक्षमा रहेको जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : ४१ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र