आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्छ : माधव नेपाल « Khabarhub

आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्छ : माधव नेपाल


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न समाजवादी व्यवस्था महत्त्वपूर्ण हुने बताए ।

पार्टी निकट स्याङ्जा–काठमाडौँ सम्पर्क मञ्चको १३औँ सम्मेलनमा अध्यक्ष नेपालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने बताए । राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उल्लेख गरे ।

पार्टी पोलिटब्युरो सदस्य दिलु पन्तले सुशासन कायम गर्न संस्थागत वेथिति र भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिए । सम्मेलनले राजेन्द्र क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षद्वयमा विनिता ढकाल र सागर पङ्गेनी, सचिवमा कृष्णकुमार विक, सहसचिवमा विवेक भट्टराई र कोषाध्यक्षमा वुद्धिमान श्रेष्ठ छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : ४७ बजे

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल

माले– मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम– मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा